अपराध

ताम्राकार कम्प्लेक्सबाट बिल र स्रोत नखुलेका मोबाइल फेला

इकागज |
फागुन १०, २०७७ सोमबार १३:२६ बजे

काठमाडौँ : न्युरोडस्थित ताम्राकार कम्प्लेक्स र पाकोस्थित मोबाइल पसलहरूबाट विभिन्न कम्पनीका १ सय ७७ थान बिल तथा श्रोत नखुलेको मोबाइल प्रहरीले फेला पारेको छ । आइतबार ति मोबाइलसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरूले राजश्व छली गरी बिना बिलको मोबाइल बिक्री गरेको प्रहरीले बताएको छ । महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले तलासी गर्दा उक्त मोबाइलहरु फेला पारेको हो । यो विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



Author

थप समाचार
x