अपराध

म्याद थप गर्न लगिएका दुई थुनुवा अदालत परिसरबाटै फरार

इकागज |
फागुन ११, २०७७ मगलवार १४:१४ बजे

फाइल तस्‍वीर

विराटनगर : लागुऔषध मुद्दामा पक्राउ गरेका दुई जना जिल्ला अदालत मोरङ परिसरबाट प्रहरीको आँखा छल्दै फरार भएका छन् । मोरङ कटहरी गाउँपालिका–४ का ३७ वर्षीय मनराज शेख र झापाको बिर्तामोड नगरपालिका–५ का २० वर्षीय प्रकाश चौधरी अदालत परिसरबाटै फरार भएका हुन्।

उनीहरुलाई म्याद थपका लागि अदालत पुर्‍याएको थियो । अदालतले दुवै जनालाई ५/५ दिनको म्याद थप गरेको थियो । म्याद थप भएपछि उनीहरू प्रहरीसंग अदालतकै क्यान्टिनमा खाजा खान गएका थिए । त्यही क्रममा उनीहरू अतकडीसहित भागेका हुन् ।


मोरङ प्रहरीले घटनाको पुष्टि गर्दै खोजी कार्य तीब्र बनाएको जनाएको छ । लागुऔषध नियन्त्रण ब्यूरो विराटनगरको टोलीले आइतबार शेखलाई खैरो हिरोइनसहित र चौधरीलाई लागुऔषधसहित पक्राउ गरेको थियो ।


Author

थप समाचार
x