अपराध

उपहार पर्‍यो भन्दै ठगी

इकागज |
फागुन १३, २०७७ बिहीबार १७:० बजे

काठमाडौँ : उपहार पर्‍यो भन्दै ठगी गरेको अभियोगमा पर्सा पोखरिया नगरपालिका-७ का दिपककुमार दुबेसहित ३ जना पक्राउ परेका छन् । काठमाडौँ महानगरपालिका-६ बस्‍ने २६ वर्षीय देबेलाई प्रहरीले बुधबार साँझ पक्राउ गरेको हो । 

उनीहरूले उपहार पर्यो भन्दै प्रलोभनमा पारी पीडितलाई आईएमईमार्फत् पैसा पठाउन लगाएको खुल्न आएको छ । महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले काठमाडौँ महानगरपालिका-६ याङरिमा हिलसिटीबाट उनीहरूलाई नगद ५३ हजार रुपैयाँसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 


  


Author

थप समाचार
x