अपराध

अवैध औषधिसहित एक युवा पक्राउ

इकागज |
फागुन १४, २०७७ शुक्रबार १९:३३ बजे

फाइल तस्बिर

काठमाडौँ  : सशस्त्र प्रहरीको टोलीले अवैध औषधिसहित सिरहाबाट एक युवकलाई पक्राउ गरेको छ । भारतीय बजारबाट ल्याउँदै गरेका विभिन्न कम्पनिको करिब रु ५० हजारको औषधिसहित धनुषाको धुनषाधाम नगरपालिका–९ धारापानी निवासी ४२ वर्षीय अब्जल मन्सुरलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो । 

मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा सिरहाको माडरस्थित भन्सार सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीको टोलीले जाँचको क्रममा अवैध औषधिसहित मन्सुरलाई पक्राउ गरेको जनाइएको छ । मन्सुरलाई औषधि र मोटरसाइकलसहित जिल्ला भन्सार कार्यालय मार्डरमा पठाइएको सशस्त्र प्रहरीले जनाएको छ । 



Author

थप समाचार
x