अपराध

न्यायाधीशकी श्रीमती ब्राउनसुगरसहित पक्राउ

इकागज |
फागुन १६, २०७७ आइतबार १९:५ बजे

काठमाडौँ  : दाङ प्रहरीले एक न्यायाधीशकी श्रीमतीलाई ब्राउनसुगरसहित पक्राउ गरेको छ ।  सादा पोशाकमा खटिएको प्रहरीको टोलीले विशेष सूचनाको तलुसा पोखरेललाई तुलसीपुर उपमहानगरपालिका ५ मा रहेको उनकै घरबाट २.२६ ग्राम ब्राउन सुगरसहित प्रक्राउ गरेको लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रसिंह खड्काले बताए । 

पोखरेल उच्च अदालत सुर्खेतस्थित जुम्ला इजलासमा कार्यरत न्यायाधीश मदन पोखरेलकी कान्छी श्रीमती हुन् । खड्काका अनुसार पोखरेललाई तुलसीपुर प्रहरीको हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको छ ।  उनी नेकपा केपी ओली समूहकी केन्द्रीय सदस्यसमेत हुन् ।  



Author

थप समाचार
x