अपराध

बन्धक बनाएर १० लाख फिरौती माग्‍ने तीन पक्राउ

इकागज |
फागुन १६, २०७७ आइतबार १९:१५ बजे

फाइल तस्बिर

काठमाडौँ :  शरीर बन्धक बनाइ रु १० लाख फिरौती माग्‍ने तीन जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले आइतबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका-१६ बस्‍ने २० वर्षीय रोहित पण्डित, दरैयाकै २१ वर्षीय अजय यादव तथा विराटनगर महानगरपालिका-६ रामपुर निवासी २८ वर्षीया सन्ध्या शर्मा रहेको प्रहरी प्रवक्ता मानबहादुर राईले जानकारी दिए ।

विराटनगर महानगरपालिका-१८ खोक्सा निवासी २३ वर्षीय सुभाष कामतलाई शनिबारदेखि बन्धक बनाएर १० लाख रुपैयाँ माग गरेको सूचना प्रहरीले प्राप्त गर्नसाथ गरिएको अनुसन्धानबाट अभियुक्त पक्राउ परेको प्रवक्ता राईको भनाइ छ । प्रहरीले बन्धकमा राखेका व्यक्तिलाई दुई घण्टाभित्र विराटनगर महानगरपालिकाअन्तर्गत रामपुर बस्तीबाट सकुशल उद्धार गरेको थियो । प्रहरीले घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ । 



Author

थप समाचार
x