बाघको छालासहित एक पक्राउ
फाइल तस्बिर
काठमाडौँ : प्रहरीले बाघको छालासहित एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त मालिगाउँको टोलीले काठमाडौँ महानगरपालिका-५ हाँडीगाउँबाट बाघको छाला बिक्री गर्न ग्राहकको खोजी गरिरहेको अवस्थामा ३५ वर्षीय मोहन कार्कीलाई आइतबार पक्राउ गरेको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले बाघको छाला बिक्री वितरणका लागि घरको कोठामा राखेको अवस्थामा पक्राउ गरिएको जानकारी दिए । प्रहरीले पक्राउ परेका कार्कीसँग बाघको टाउको र नङ्ग्रासहित आठ फिट लम्बाइ र तीन फिट चौडाइ भएको छाला बरामद गरेको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया