अपराध

आफ्नै साथीमाथि दाउ प्रहार

इकागज |
फागुन १७, २०७७ सोमबार १५:८ बजे

झापा : आफ्नै साथीलाई दाउ प्रहार गरी घाइते बनाएको अभियोगमा ३३ वर्षीय बसन्त राई पक्राउ परेका छन् । अर्जुनधारा नगरपालिका-१० कालीझोराका बसन्तले ३४ वर्षीय कुसुम राईलाई धारिलो हतियार दाउ प्रहार गरी घाइते बनाएको प्रहरीले बताएको छ । 

प्रहरीका अनुसार कुसुसको घरमा मादक पदार्थ सेवन गरेपछि दुईबीच विवाद उत्पन्‍न भएको थियो । घाइते कुसुमको बिएन्डसी अस्पताल विर्तामोडमा उपचार भइरहेको छ । इलाका प्रहरी कार्यालय अनारमनीले यस विषयमा थप अनुसन्धान गरिरहेको बताएको छ । 



Author

थप समाचार
x