अपराध

बहुविवाह गरेको ६ वर्षपछि पक्राउ

इकागज |
फागुन १८, २०७७ मंगलबार १४:३९ बजे


झापा : बहुविवाह मुद्दाका फरार प्रतिवादी तोयानाथ अधिकारीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । मेचीनगर नगरपालिका–१० का ३० वर्षीय अधिकारीले ६ वर्षअघि बहुविवाह गरेका थिए ।  
जिल्ला अदालत झापाको २०७१ भदौ ३० गतेको फैसलाले उनलाई बहुविवाहको मुद्दामा १ वर्ष ६ महिना कैद र १० हजार रुपैयाँ जरिवाना ठहर गरेको थियो । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत झापा भद्रपुरमा उपस्थित गराइएको छ । अदालतको आदेशले बाँकी कैद भुक्तानको लागि कारागार कार्यालय चन्द्रगढी पठाइने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 



Author

थप समाचार
x