अपराध

अनटेस्ट मोटरसाइकलबाट १३ किलो अफिम र चरेश बरामद

इकागज |
फागुन २३, २०७७ आइतवार २०:४० बजे

हेटौंडा : हेटौंडाबाट १३ किलो लागुऔषध अफिम र २६ ग्राम चरेश बरामद भएको छ । आइतबार हेटौंडा-३ तिनताप्केस्थित सडक खण्डमा मनहरीतर्फबाट हेटौडा आउँदै गरेको अनटेस्ट लेखेको ग्लामोर मोटरसाइइकलको सिटमुनी ९ पोका र मोटरसाइकलमा सवार माइली योन्जनले भिरेको झोलामा ६ पोकागरी १५ पोकामा १३ किलो लागुऔषध अफिम जस्तो पदार्थ र २६ ग्राम लागुऔषध चरेश फेला परेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले मोटरसाइकल चालक सानुकान्छा योन्जन फरार रहेको बताए । मोटरसाइकल चालक र लागूऔषधसहित पक्राउ परेकी माइली श्रीमान् श्रीमती हुन् । 


प्रहरीलाई देखेपछि भाग्ने क्रममा उनीहरूको मोटरसाइकल टिपरमा ठक्कर खाँदा दुर्घटना भएको थियो । दुर्घटनामा माईली घाइते भएको र अहिले हेटौंडाको चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक रिमालले जानकारी दिए ।  

यस्तै मकवानपुर प्रहरीले ९ किलो ६ सय ग्राम लागूऔषध गाँजासहित २ जनालाई आइतबार नियन्त्रणमा लिएको छ । हेटौंडा-११, स्थित पूर्व-पश्‍चिम लोकमार्गमा ना.२ ह १८८३ नम्बरको अटोलाई रोकी सुरक्षाजाँच गर्ने क्रममा अटोमा ९ किलो ६ सय ग्राम लागूऔषध गाँजा फेला परेको थियो । प्रहरीले लागूऔषध गाँजासहित अटो चालक ३४ वर्षीय हेटौंडाका सोमलाल ब्लोन र अटोमा सवार ३५ वर्षीय सोमलाल ब्लोनलाई नियन्त्रणमा लिएको छ । 
 


Author

थप समाचार
x