जबरजस्ती करणी गरेको आरोपमा २ जना पक्राउ
वीरगन्ज : पर्साको पटेर्वासुगौली गाउँपालिकामा एक महिलालाई जबरजस्ती करणीको प्रयास गरेको आरोपमा एक जना युवक प्रक्राउ परेका छन् । २१ वर्षीया महिला गहुँखेतमा घाँस काटिरहेको अवस्थामा पटेर्वासुगौली गाउँपालिका–४ अकुवाटोलका १९ वर्षीय अविशेक दास थारूले जबरजस्ती करणीको प्रयास गरेको प्रहरीले जनाएको छ ।
प्रहरीकाअनुसार महिलालाई जबरजस्ती करणी गर्न खोज्दा पीडितले प्रतिकार गरी घाँस काट्ने हँसिया दासमाथि प्रहार गर्न खोजेपछि अभियुक्त दास भागेका थिए । घटनाबारे महिलाले प्रहरीमा जाहेरी दिएपछि प्रहरी टोलीले प्रतिवादी अविशेक दास थारूलाई खोजतलाश गर्ने क्रममा घरबाटै नियन्त्रणमा लिएर हिरासतमा राखेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
उनीविरूद्ध जबरजस्ती करणी उद्योग शीर्षकमा मुद्दा दर्ता गरी पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गराई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक ओम प्रकास खनालले बताए ।
यता पर्साको सखुवाप्रसौनी गाउँपालिकाका एक युवकलाई जवरजस्ती करणीको आरोपमा प्रहरीले पक्राउ गरेको छ । सखुवापर्सौनी गाउँपालिका–५ बलुवा टोलका १८ वर्षीय रोशनकुमार यादवले एक १६ वर्षीया किशोरीलाई विवाह गर्छु भनि ललाई फकाई जबरजस्ती करणी गरेको पीडितका बुवाले प्रहरीमा जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको हो ।
यादवले ललाई फकाई बालिकालाई भारतको गोरखपुर भन्ने ठाउँमा लगि डेरामा राखी पटकपटक करणी गरेको र पछि पीडित वालिकाको घर तथा प्रहरीबाट खोजतलास भइरहेको भन्ने थाहा पाएपछि पीडित बालिकालाई आफ्नो घर फर्कन बाध्य बनाएको पीडितका बुवाले जाहेरीमा उल्लेख गरेको प्रहरीले जनाएको छ । पीडितको जोहरीपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले यादवलाई खोजतलास गर्ने क्रममा घरबाटै नियन्त्रणमा लिएर उनीविरूद्ध जबरजस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरी पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक ओम प्रकास खनालले जानकारी दिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया