अपराध

सफ्टवेयरको 'सोर्स कोड' दुरुपयोग गर्ने तीन पक्राउ

इकागज |
चैत २, २०७७ सोमबार १५:३ बजे

काठमाडौं : प्रहरी प्रधान कार्यालयको साइबर ब्यूरोले सफ्टवेयरको सोर्स कोड नक्कल गरी दुरुपयोग गर्ने तीन जनालाई पक्राउ गरेको छ । नेसनल सफ्टवेयर एन्ड आइटी सोलुसन प्राली कम्पनीको स्वामित्वमा रहेको सफ्टवेयरको 'सोर्स कोड', 'युजर इन्टरफेस'को हुबहु नक्कल गरी दुरुपयोग गरेकव प्रहरीले जानकारी दिएको छ ।

दाङ लमही नगरपालिका-५ का ३९ वर्षे बिमल के.सी., रुपन्देही मायादेवी गाउपालिका-५ का ४० वर्षे श्याम बहादुर चौधरी र जिल्ला नवलपरासी (पूर्व) कावासोती नगरपालिका-७ का ३६ वर्षका  शंकर ज्ञावलीलाई पक्राउ गरेको हो । उनीहरूले प्रिफेस टेक्नोलोजी प्।ली नामको कम्पनी सञ्‍चालन गरी सोर्स कोड र युजर इन्टरफेसको दुरुपयोग गरी विभिन्‍न संघ संस्थालाई बिक्री वितरण गरेको फेला परेको हो ।


पक्राउ परेका ३ जना सञ्चालकहरुलाई आइतबार काठमाडौं जिल्ला अदालतको आदेशले ६ दिन म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ । बाँकी सञ्‍चालकहरु फरार रहेको उल्लेख छ ।


Author

थप समाचार
x