अपराध

लागूऔषधसहित दुई भारतीय नागरिक पक्राउ

इकागज |
चैत ३, २०७७ मंगलबार १९:४१ बजे

काठमाडौँ  : नेपाल प्रहरीले प्रतिबन्धित लागुऔषधसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाको टोलीले बाराबाट काठमाडौँ आउँदै गरेको ना ७ ख ७१३२ नम्बरको यात्रुबाहक बस जाँचका क्रममा लागुऔषधसहित दुई भारतीय नागरिकलाई मंगलबार बिहान पक्राउ गरेको हो । 
    
पक्राउ पर्नेमा भारत बिहार मोतिहारी मौहावाका १९ वर्षीय पप्पुकुमार यादव र भारत बिहार मोतिहारी बेलाजितपुरका २६ वर्षीय सुवासकुमार यादव रहेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक रमेशकुमार बस्‍नेतले झोलामा लुकाएर ल्याएको एक हजार ४९० एम्पुल लागुऔषधसहित दुईलाई पक्राउ गरिएको जानकारी दिए ।  

प्रहरीले पक्राउ परेका सुवासकुमार यादवसँग २९५ एम्पुल डाइजेपाम, ३०० एम्पुल फेनारगन, २९५ एम्पुल नुर्फिन तथा पप्पु यादवसँग २०० एम्पुल डाइजेपाम, २०० एम्पुल फेनारगन र २०० एम्पुल नुर्फिन बरामद गरेको छ । पक्राउ परेका दुवैलाई लागुऔषध नियन्त्रण ऐन २०३३ अनुसार थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । (रासस)
 



Author

थप समाचार
x