अपराध

मादकपदार्थ सेवन गरेर आमाकाे हत्या

इकागज |
फागुन २९, २०७८ आइतबार १६:१६ बजे

काठमाडाैँ- आफ्नै आमाको हत्या गरेको अभियोगमा ककनी गाउँपालिका-१ नयाँबस्तीका एक युवक पक्राउ परेका छन्।  ६५ वर्षीया आमा कान्छी बलामीको हत्या गरेकाे अभियाेगमा ३३ वर्षीय भिम बहादुर बलामीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हाे ।

भीम बहादुरले मादक पदार्थ सेवन गरी आफ्नै आमालाई घनले टाउकोमा हानेर हत्या गरी शव घरभित्र पत्करले छोपी राखेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी ओखरपौवा र प्रहरी चौकी ककनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।


 यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


Author

थप समाचार
x