अपराध

दक्षिण कोरिया पठाईदिन्छु भनि ठगी गर्ने कोरियन नागरिक पक्राउ

इकागज |
चैत १, २०७८ मंगलबार १७:१८ बजे

काठमाडौं–दक्षिण कोरिया पठाइदिन्छु भनि ठगी गरेको अभियोगमा एक कोरियन नागरिक पक्राउ परेका छन् । 
काठमाडौं महानगरपालिका–७ लाहुरेटोल चावहिल बस्ने राहदानी नम्बर एम ८५५६६२२७ वाहक दक्षिण कोरियन नागरिक ७३ वर्षीय रे सि जङलाई प्रहरीले पक्राउ गरेको हो । काठमाडौं महानगरपालिका–३ महाँकालबाट सोमबार पक्राउ गरेको प्रहरीले जनाएको छ।

प्रहरीकाअनुसार चावहिलका रहेको ओके कन्सल्टेन्सीको सञ्चालक हुँ भनी उनले पीडितबाट रकम लिएका थिए । उनले पीडितलाई वेल्डिङ ट्रेनिङ गराई दक्षिण कोरियामा रोजगारमा पठाईदिन्छु भनि पीडितबाट रकम लिएर नपठाई रकम ठगी गरेका हुन् । पीडितबाट प्राप्त जाहेरीको आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 


उनीलाई ठगी सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त गौशाला काठमाडौं पठाइएको छ ।  
 


Author

थप समाचार
x