५ किलो अफिमसहित एक लाख नगद बरामद
फाइल फोटो
मकवानपुर - जिल्ला प्रहरी कार्यालय मकवानपुरले ५ किलो अफिम सहित एक लाख नगद बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रवक्ता प्रहरी निरीक्षक राजकुमार सापकोटाका अनुसार मकवानपुरको मनहरी गाउँपालिकाबाट अवैध लागूऔषध अफिम ५ किलो र एक लाख रुपैयाँ नगद बरामद गरेको हो।
मंगलबार राति इलाका प्रहरी कार्यालय मनहरीबाट विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले दुई वटा मोटरसाइकलबाट लागूऔषध अफिम र नगद बरामद गरेको हो ।
प्रहरीलाई देख्नासाथ मोटरसाइकल चालकहरु फरार भएको प्रहरीले जनाएको छ । उनीहरुको अहिले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया