आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पोखरा - कास्कीमा आफ्नै आमाको हत्या गरेको आरोपमा मृतकका छोरीसहित दुई जना पक्राउ परेका छन् ।
पोखरा १२ की ६७ वर्षीया नौमाया नेपालीको हत्या आरोपमा उनका छोरा ओमबहादुर नेपाली र कुमार गुरुङ पक्राउ परेका हुन् ।
पोखरा १२ शीतलादेवी स्थित सुकुम्वासी बस्तीमा चैत ३ गते राति ६७ वर्षीया नौमाया नेपालीको घाँटी थिचेर हत्या गरेको आरोपमा जेठा छोरा ३६ वर्षीय ओमबहादुर नेपाली र उनका साथी ३७ वर्षीय कुमार गुरुङलाई कास्की प्रहरीले पक्राउ गरेको हो ।
कास्की प्रहरी प्रवक्ता, डिएसपी सुन्दर तिवारीका अनुसार ४ गते बिहान आफ्नी आमाको हत्या भएको भन्दै ओमबहादुरले नै प्रहरीलाई खबर गरेका थिए ।
सुकुम्वासी बस्तीमा रहेको घर जग्गा बेच्न नदिएको निहुँमा ओमले नै साथीको सहयोगमा आफ्नी आमाको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको कास्की प्रहरी प्रवक्ता, डिएसपी सुन्दर तिवारीले जानकारी दिए ।
फागु पूर्णिमाको दिन ३ चैतमा दुवैले मदिरा सेवन गरी आमा सुतेको मौका पारी हत्या गर्न साथी कुमारलाई ओमले कोठामा पठाएको प्रहरीले जनाएको छ ।
कुमारले वृद्धा नौमायाको हत्या गरेपछि जबरजस्ती करणीको प्रयास समेत गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।
पक्राउ परेका नेपाली र गुरुङलाई म्याद थप गरी प्रहरीले अनुसन्धान थालेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया