विवाहको प्रलोभन देखाई बलात्कार
काठमाडौं– विवाहको प्रलोभन देखाई जबरजस्ती करणी गर्ने एक युवा पक्राउ परेका छन् । ७ वर्ष कैद ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले सुनसरी इनरुवाबाट पक्राउ गरेको हो ।
प्रहरीकाअनुसार जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी सुनसरी बराह नगरपालिका–१० बस्ने ३६ वर्षीय अर्जुन आचार्य भन्ने चुडामणि आचार्यलाई बिहीबार प्रहरी पक्राउ गरेको हो ।
उच्च अदालत पाटनको २०७७ माघ २६ गतेको फैसलाले उनलाई सजाय सुनाएको थियो । आचार्यले २०७५ भदौ १४ गते काठमाडौं महानगरपालिका–१८ ताम्सिपाखामा पीडितलाई बिबाह गर्ने भनि अनुचित प्रभाव र डर त्रास देखाई कसूरमा अदालतले उक्त फैसला गरेको थियो ।
उनलाई आवश्यक कारवाहीको लागि जिल्ला अदालत सुनसरी पठाइएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया