चार वर्षदेखि फरार जातीय छुवाछुत मुद्वाका प्रतिवादी पक्राउ
सुर्खेत– जातीय छुवाछुत मुद्वाका एक फरार प्रतिवादी पक्राउ परेका छन्। विशेष सूचनाका आधारमा प्रहरीले बराहताल गाउँपालिका आठका २२ वर्षीय भरत शाहीलाई पक्राउ गरेको हो ।
चार वर्षदेखि फरार रहेका शाहीलाई प्रहरीले वीरेन्द्रनगरबाट पक्राउ गरेको हो । प्रदेश र जिल्ला प्रहरी कार्यालयबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले शाहीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए । पक्राउ परेका शाहीलाई आजै जिल्ला अदालत सुर्खेतमा उपस्थित गराउने डिएसपी घर्तीले जानकारी गराए ।
सुर्खेत अदालतको २०७४-०९-२५ गतेको फैसला पश्चात शाहीलाई तीन महिना कैद र एक हजार जरिवाना सुनाएको थियो । अदालतको फैसला लगत्तै शाही फरार रहेका थिए। शाहीले बराहतालका नौ वर्षाीया दलित बालकमाथि दुर्व्यवहार गरेको डिएसपी घर्तीले जानकारी दिए।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया