साढे सात करोड रुपैयाँ राजस्व छलीमा भारतीय नागरिकविरुद्ध मुद्दा दायर
काठमाडौं – राजस्व अनुसन्धान विभागले हाल काठमाडौंको ताहचलमा बस्ने अमितकुमार अग्रवाल विरुद्ध पाटन उच्च अदालतमा मुद्धा दायर गरेको छ । अग्रवालले ७ करोड ६० लाख ६३ हजार ७०४ रुपैयाँ विगो तथा जरिवाना बुझाउनु पर्ने विभागले जनाएको छ ।
विभागले गरेको अनुसन्धानको क्रममा ३२ वर्षीय अग्रवाल भारत पश्चिम बंगाल, सिलगुरी थानाका स्थाई वासिन्दा हुन् । उनी नेपालमा विमला ईण्टनेशनल नामको फर्म संचालन गर्दै आएका थिए ।
अग्रवालले उक्त फर्मबाट राजस्व चुहावट गर्ने मनसायले कानून बमोजिमको बीजक जारी नगरी लुज विल, गैर विजक जारी गरी मालसामान बिक्री गरेको आरोप छ । उनले अर्डर र इस्टमेट विलवाट प्राप्त आयलाई आफ्नो ब्यवसायको आधिकारीक विक्रि आयमा समावेश नगरी ठूलो परिमाणको नगद घरमा राख्ने गरेका थिए ।
अग्रवालले आयकर ऐन तथा मुल्य अभिबृद्धि कर ऐन तथा नियमहरु बमोजिम तिर्नुपर्ने कर नतिरी राजस्व चुहावटको कार्य गरेको विभागले जनाएको छ ।
राजस्व अनुसन्धान ऐनले वर्जित गरेको कसुरमा उनलाई मुद्दा चलाइएकाे हाे । मुल्य अभिबृद्धि कर तर्फ तिन करोड १७ हजार ९९ रुपैयाँ र आय कार जोडेर जम्मा हुन आउने कुल विगो तीन करोड असी लाख एकतीस हजार आठ सय वाउन्न रुपैया विगो कायम गरेको छ ।
गरी उक्त कायम बिगोको शत प्रतिशत जरिवाना तथा सोही ऐन बमोजिम हदै सम्मको कैद सजाय तथा निज प्रतिवादबाट उल्लिखित बिगोमध्ये निजको बासस्थानबाट नगद एक करोड पचास लाख जफत गरेको थियो । अब बाँकी दुई करोड तीस लाख एकतीस हजार आठ सय बाउन्न रूपैयाँ असुल उपर गर्न माग गरेको छ ।
राजस्व चुहावट ऐन अनुसार अग्रवालसँग विगो असूल उपर गरी विगोको शत प्रतिशत जरिवाना तथा सोही ऐनको दफा २३ को उपदफा १ को क बमोजिम कैद सजाय हुन मागदाबी लिई अभियोग पत्र दायर गरेको हो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया