अपराध

२० वर्ष कैद सजाय तोकिएका फरार कसूरदार पक्राउ

इकागज |
चैत १७, २०७८ बिहीबार १४:४६ बजे

पर्सा–कर्तव्य ज्यान मुद्धामा सजाय पाएका एक व्यक्ति पक्राउ परेका छन् । पर्सास्थित वीरगञ्ज महानगरपालिका वडा नं.२१ पटेलनगरका ४० बर्षीय रवीन्द्र पटेललाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीकाअनुसार उनलाई कुचन साह कानुको गोली हानी हत्या गरेको कर्तव्य ज्यान मुद्दामा पर्सा जिल्ला अदालत १९ वर्ष ११ महिना २२ दिन कैद तोकेको थियो ।  २०७१ असार १७ गते उनलाई सजाय तोकिएको हो।


उनी फरार थिए । प्रहरी टोलीले खोजतलासको क्रममा वीरगञ्ज महानगरपालिका वडा नं. १४ गण्डकबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

प्रहरीकाअनुसार जिल्ला प्रशासन कार्यालय पर्सामा कार्यरत मोहन मैनालीलाई गोली हानी हत्यामा सलंग्न रहेको र प्रो.वायोटेक प्रा.लि.मा कार्यरत प्रशासकीय अधिकृत सोचन प्रसाद यादव माथि बम प्रहार गरेको आरोपसमेत उनिमाथि छ ।


Author

थप समाचार
x