भन्सार छली ल्याएको सामग्रीसहित ट्रक नियन्त्रणमा
पर्सा–हार्डवेयर तथा विभिन्न किसिमका लत्ताकपडाहरू लोड रहेको ट्रक नियन्त्रणमा लिइएको छ ।
प्रज्ञापन पत्र विनाको हार्डवेयर तथा बिभिन्न किसिमका लत्ताकपडाहरू लोड गरी काठमाण्डौ तर्फ लैजादै गरेको अवस्थामा सामग्री बरामद गरिएको हो ।
वीरगञ्ज महानगरपालिका वडा नं.–८ घण्टाघरस्थित सडकखण्डमा ना.६ ख ६०३ नम्बरको मालवाहक ट्रक रोकी जाँच गर्ने क्रममा भन्सार छली गरी ल्याइएका हार्डवेयर तथा लत्ताकपडाहरू फेला परेको जिल्ला प्रहरी कार्याल पर्साले जनाएको छ।
बरामद गरिएको सामग्रीको एक करोड बीस लाख मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया