अपराध

कञ्चनपुरमा लागूऔषध कारोबार नियन्त्रणमा चुनौती

इकागज |
चैत १८, २०७८ शुक्रबार १२:२ बजे

फाइल फोटो

कञ्चनपुर- कञ्चनपुरमा पछिल्लो समय लागूऔषध दुर्व्यसनी बढ्दै गएको छ । प्रहरीको तथ्याङ्क हेर्दा यो लतमा स्कुले विद्यार्थी पनि लिप्त रहेको पाइएको छ । 

विगत तीन वर्षयता यहाँ लागूऔषध सेवन गर्नेको सङ्ख्यामा वृद्धि भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्र शाहले १७ देखि  ३० वर्ष उमेर समूहका बालिका तथा युवा लागूऔषध दुर्व्यसनमा रहेको जानकारी दिए ।


`पटक/पटक लागूऔषधमै फेला पर्न थालेपछि धेरैलाई त मुद्दा चलाएर कारबाही गरिरहेका छौँ ।` उगले भने,`लागूऔषध दुर्व्यसनबाट छोराछोरी बचाउन अभिभावकको पनि मुख्य भूमिका रहन्छ ।` प्रहरीले भारतसित खुला सीमा नाका भएका कारण यहाँ ब्राउनसुगरलगायतका लागूऔषधको कारोबार नियन्त्रणमा चुनौती रहेको बताउँदै आएको छ ।

`भारतबाट लुकिछिपी ल्याउने र यहाँ कारोबार गर्ने धेरै कारबाहीको दायरामा छन् ।` प्रवक्ता शाहले भने–़ `यो कारोबारमा संलग्न भारतीयलाई पनि जेल चलान गरिएका घटना छन ।` यहाँ लागूऔषध नियन्त्रणका लागि विभिन्न सचेतनामूलक कार्यक्रम प्रहरीले सञ्चालन गरिरहेको छ ।

प्रहरीका अनुसार आर्थिक वर्ष २०७६/७७ मा ८७ लागूऔषध सेवन कर्ता पक्राउ परेका थिए । यसमा सात भारतीय नागरिक हुन । सो अवधिमा प्रहरीले २१ किलो २५ ग्राम चरेश, नाइट्राभेट ३७५ ट्याब्लेट, हेरोइन २६९ ग्राम बरामद गरेको थियो । 

त्यस्तै प्रहरीको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७७/७८ मा लागूऔषध असोपारपसार तथा सेवन गरेको आरोपमा पक्राउ पर्नेको सङ्ख्या बढेर २३० जना पुगेका थिए । साथै, लागूऔषधको विभिन्न अभियोगमा १४१ वटा मुद्दा चलाएको थियो ।   

चालु आर्थिक वर्षको आठ महिनामा लागूऔषध कारोबार तथा सेवनमा संलग्न ९९ विरुद्ध मुद्दा दर्ता गरेको छ ।  सो कारोबारमा संलग्न १६५ लाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सो अवधिमा लागूऔषध नाइट्राभेट १२७४, स्पाम २७६, रेक्सोजेसिक १६४ ग्राम, खैरोहेरोइन २६५.२३ ग्राम , चरेस ३२ ग्राम बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले विभिन्न आपाराधिक क्रियाकलापमा संलग्न अधिकांश लागूऔषध सेवन गरेको अवस्थामा घटना घटाउने गरेको देखिएको जनाएको छ ।


Author

थप समाचार
x