बालयौन दुर्व्यवहारको आरोप लागेका शिक्षक प्रहरीको सम्पर्कमा
मकवानपुर - बालयौन दुर्व्यवहारको आरोप लागेका एक शिक्षक आफैं प्रहरीको सम्पर्कमा आएका छन् ।
पूर्वी मकवानपुरको बागमती गाउँपालिका–८, शान्तिपुरस्थित जनता माध्यमिक विद्यालयका ३ आरोपित शिक्षकहरु मध्ये हेम बिक आफैं प्रहरीको सम्पर्कमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता देवेन्द्र दासले जानकारी दिए ।
विकसहित ३ जनाविरुद्ध प्रहरी कार्यालयमा जाहेरी दर्ता भएपछि हेम बिक भने आफैं प्रहरीको सम्पर्कमा आएका हुन् । अन्य दुइ फरार रहेको प्रहरीले जनाएको छ । तीन जना शिक्षकले विद्यार्थीमाथि यौन दुव्र्यवहार गरेको आरोप लगाउँदै अभिभावक र बालिकाहरुले विहीबार प्रहरीमा जाहेरी दिएका थिए ।
अभियोग लागेका अन्य दुई शिक्षकहरु लोकबहादुर विक र रुद्रबहादुर विक भने अझै फरार रहेको दासले बताए ।
प्रहरीका अनुसार उनीहरुको अहिले खोजी कार्य भइरहेको छ । सुरक्षा अवस्थालाई ध्यानमा राख्न भन्दै अहिले विद्यालयको पठनपाठन बन्द गरिएको छ । वार्षिक परीक्षाको तयारीमा रहेका विद्यार्थीहरु विद्यालय बन्द हुँदा अर्को मारमा परेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया