८ वर्षीया बालिका आफन्तबाटै बलात्कृत
मकवानपुर - मकवानपुरकाे बागमती गाउँपालिका–६ कि एक बालिका बलात्कृत भएकी छिन् ।
८ वर्षीया बालिका आफन्त पर्नेबाटै लामो समयदेखि बलात्कृत हुँदै आएको भन्ने जाहेरी परेपछि आरोपितलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले नियन्त्रणमा लिएको छ ।
बालिकाको स्वास्थ्य तथा मानसिका अवस्था जटिल बन्दै गएपछि परिवारले घटना बारे थाहा पाएका थिए ।
पीडित बालिकाको आमाले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा किटानी जाहेरी दिएपछि आरोपितलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
बालिकाको अहिले स्वास्थ्य उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
आरोपितमाथि प्रहरीले अनुसन्धान सुरु गरेको बताएको छ ।
केही समय अघि यसै गाउँपालिको जनता माविका छात्राहरुले आफूहरुमाथि यौन दुर्व्यवहार भएको भन्दै ३ जना शिक्षकविरुद्ध जाहेरी दिएका थिए । प्रहरीको नियन्त्रणमा रहेका ती शिक्षकहरुमाथि हाल अनुसन्धान जारी छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया