७ वर्षपछि पक्राउ परे बुहारीलाई आगो लगाउने ससुरा
बाँके : बुहारीलाई मट्टीतेल छर्केर आगो लगाएर फरार भएका ससुरा सात वर्षपछि पक्राउ परेका छन् । नरैनापुर गाउँपालिका-२ बस्ने ७५ वर्षीय हनिफ शेष ढपालीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । उनले दाइजोको निहुँमा २०७० चैत २ गत २३ वर्षीया बुहारीलाई मट्टीतेल छर्केर आगो लगाएका थिए ।
ज्यान मार्ने उद्योग गरेको मुद्दामा फरार रहेका उनलाई इलाका प्रहरी कार्यालय भगवानपुर बाँकेबाट खटिएको प्रहरीले पक्राउ गरेको हो। उनी सोही गाउँपालिका-१ सुईयामा लुकिछिपी बसेको अवस्थामा फेला परेको प्रहरीले बताएको छ । फरार रहेका पीडितका श्रीमान र सासुको भने खोजी भइरहेको जिल्ला प्रहरी कर्यालय बाँकेले जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया