अपराध

मादक पदार्थ सेवन गरी बालिका बलात्कार गर्ने एक जना पक्राउ

इकागज |
बैशाख ९, २०७९ शुक्रबार १२:४६ बजे

पर्वत - बालिकालाई बलात्कार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा जलजला गाउँपालिका–३ बारीबेनी बस्ने म्याग्दी बेनी नगरपालिका–४ सुर्केमेलाका २१ वर्षीय सन्देश छिनाल रहेका छन् । उनलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो । 


सन्देशले मादक पदार्थ सेवन गरी ती बालिकालाई शौचालयमा बलात्कार गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पर्वत र प्रहरी चौकी बारिबेनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 


Author

थप समाचार
x