२७ दिनपछि सम्पर्कमा आए आरोपित यादव
मकवानपुर । हेटौंडाकी २४ बर्षीया युवतीमाथि छुरा प्रहार गरी फरार रहेका एक युवक २७ दिनपछि प्रहरीको सम्पर्कमा आएका छन् ।
११ चैतमा हेटौंडा–८ कमानेस्थित स्मृति टोलमा महिला अधिकारकर्मी अनिशा राईमाथि छुरा प्रहार गर्ने सिर्जन यादव बिहीबार २७ दिनपछि प्रहरीको सम्पर्कमा आएका हुन् ।
अनिशामाथि छुरा प्रहारपछि फरार यादव आफैं जिल्ला प्रहरी कार्यालय मकवानपुरको सम्पर्कमा आएको प्रहरीले जनाएको छ । प्रहरीले खोजी गरिरहेको अवस्थामै यादव प्रहरीको सम्पर्कमा आएको प्रवक्ता प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले बताए ।
हेटौंडा–२ का २९ वर्षीय यादवले छुरा प्रहार गर्दा युवतीको घाँटीको पछाडि भागमा चोट लागेको थियो । राईको काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टर र मेडेसिटी हस्पिटलमा उपचार गरेपछि केही दिनअघि डिस्चार्ज गरिएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया