दुबई पठाइदिन्छु भनी रकम ठगी गर्ने दुई जना पक्राउ
काठमाडौं – दुबई पठाईदिन्छु भनी रकम ठगी गरेकाे अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ललितपुर ठेचो बस्ने पर्सा वीरगञ्ज महानगरपालिका-५ घर भएका ३३ वर्षीय विकास तामाङ र सोही ठाउँ बस्ने ६० वर्षीय हरि बहादुर तामाङ रहेका छन् ।
विकासलाई बिहीबार काठमाडौं महानगरपालिका चुच्चेपाटीबाट र हरि बहादुरलाई शुक्रबार ललितपुर महानगरपलिका-४ जावलाखेलबाट प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुले काठमाडौं महानगरपालिका-१० शान्तिनगर बस्ने मोरङ रतुवामाई नगरपालिका-९ इटहरा घर भएका २० वर्षीय पुरुष समेत ५ जनालाई भिजिट भिषामा दुबई जान प्रतिव्यक्ति १ लाख ९० हजार रुपैयाँ लाग्छ, दुबई पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु तथा मासिक ३ हजार दिराम तलब हुन्छ भनी प्रलोभनमा पारी जम्मा ९ लाख ५० हजार रुपैयाँ लिई सम्पर्क विहीन भई ठगी गरेको खुल्न आएको छ ।
उनीहरुलाई आवश्यक अनुसन्धान र कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएकाे छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया