उदयपुरमा १५ वर्षीया किशोरी बलात्कृत
उदयपुर – उदयपुरमा १५ वर्षीया किशोरी बलात्कृत भएकी छन् ।
उनलाई बलात्कार गरेको आरोपमा बेलका नगरपालिका–६ बस्ने २६ वर्षीय गणेश राईलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
किशोरीको घरमा कोही नभएको अवस्थामा राईले वैंशाख ७ गते साँझ बलात्कार गरेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई सोही नगरपालिका–६ फक्टपुरबाट पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया