कूटनीति

मोदीलाई नभेटी स्वदेश फर्किए प्रचण्ड

इकागज |
साउन १, २०७९ आइतबार १९:११ बजे

काठमाडौँ - भारत भ्रमण सकेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड स्वदेश फर्किका छन् । उनी आज साँझ नेपाल फर्किएका हुन् । 

उनले भारत भ्रमणमा रहँदा भारतीय जनता पार्टी (भाजपा) अध्यक्ष जेपी नड्डा, भाजपा विदेश विभाग प्रमुख विजय चौथाईवा, भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभाल, भारतका विदेश मन्त्री डा. एस जयशंकर र विदेश सचिव विनय मोहन क्वात्रासँग भेट गरेका छन् । 


प्रधानमन्त्री नरेन्द्र मोदीसँग भने भेट गर्न पाएनन् । तीन दिने भारत भ्रमणका लागि उनी असार ३१ गते भारत गएका थिए । उनी भाजपाको निमन्त्रणामा भारत भ्रमणमा गएका हुन् । 


Author

थप समाचार
x