कूटनीति

भारतीय सेनाले भेटे प्रधानमन्त्री देउवा, नेपाल-भारत सैन्य सम्बन्धबारे छलफल

इकागज |
भदौ २१, २०७९ मंगलबार १७:६ बजे

काठमाडौँ- नेपाल भ्रमणमा रहेका भारतका सेना अध्यक्ष जनरल मनोज पाण्डेले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेका छन् ।

मंगलबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटवार्तामा नेपाल-भारत सैन्य सम्बन्धमा बारेमा चर्चा भएको थियो । भेटमा भारतीय सेनाले नेपाली सेनालाई गरेको सहयोगको प्रशंसा गर्दै आगामी दिनमा दुई देशबीचको सहकार्य जारी रहने विश्वास प्रधानमन्त्रीले व्यक्त गरेका थिए ।


त्यस्तै भारतका सेना अध्यक्ष पाण्डेले नेपालसँग सहकार्यको लामो समय भएको भन्दै खुसी व्यक्त गरेका थिए ।

यसअघि सेनाध्यक्ष पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरिएको थियो । उनले नेपाली सेनालाई सहयोग स्वरूप विविध सामग्रीहरू हस्तान्तरण गरेका थिए । 


Author

थप समाचार
x