परराष्ट्र सचिव पौड्याल भारत जाँदै
फाइल तस्बिर
काठमाडौँ- परराष्ट्र सचिव भरत राज पौड्यालले भारतको भ्रमण गर्ने भएका छन् ।
परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै सचिव पौड्यालले भदौ २८ देखि २९ गतेसम्म भारतको औपचारिक भ्रमण गर्ने जनाएको हो ।
भारतका विदेश सचिव विनय मोहन क्वात्राको औपचारिक निमन्त्रणामा उनी भारत जान लागेका हुन् ।
भ्रमणका बेला परराष्ट्र सचिव पौड्यालले भारतीय समकक्षीसँग द्विपक्षीय वार्ता गर्नेछन् । वार्तामा नेपाल–भारत सहयोग लगायतका विषयमा छलफल हुने जनाइएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया