कूटनीति

चिनियाँ राजदूत यान्छीको कार्यकाल सकियो, आगमी महिना चीन फर्किंदै

इकागज |
असोज १५, २०७९ शनिबार २१:४५ बजे

काठमाडौं- नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी अर्को महिना चीन फर्कने भएकी छन् ।

आफनो चार वर्षे कार्यकाल पूरा गरी यान्छी अर्को महिना चीन फर्किन लागेकी हुन् । 


'चीन सरकारले राजदूत होउलाई बढुवा गरी दक्षिण पूर्व एसियाली राष्ट्रहरूको संगठन एसोसिएसन अफ साउथ इस्ट एसिएन नेसन्स (आसियान) क्षेत्रको राजदूतको रुपमा पठाउने भएको छ,' स्रोतले भन्यो । 

राजदूत होउ फर्केसँगै नेपालका लागि नयाँ राजदूतमा को आउने हो ? त्यसबारेमा भने कुनै निर्णय चिन सरकारले सार्वजनिक गरेको छैन । यान्छी सन् २०१८ डिसेम्बरमा नेपालका लागि चिनियाँ राजदूतका रूपमा नेपाल आएकी थिइन् ।

उनले यस महिनामा राष्ट्रपति, प्रधानमन्त्रीदेखि राजनीतिक दलका शिर्ष नेताहरूसँग बिदाई भेट गर्ने छिन् ।


Author

थप समाचार
x