कूटनीति

नेपाल र भारतबीचको संयुक्त सैन्य अभ्यास सुरु

इकागज |
पुस १, २०७९ शुक्रबार १५:३७ बजे

काठमाडौँ- नेपाल र भारतबीचको १६ औँ संयुक्त सैन्य अभ्यास ‘सूर्य किरण’ आजबाट सुरु भएको छ । संयुक्त सैन्य अभ्यास रुपन्देहीको सालझण्डीस्थित नेपाली सेनाको एकीकृत सैनिक तालिम केन्द्रमा सुरु भएको हो ।

नेपालको झन्डोतोलन गर्नुका साथै नेपाल र भारतीय सेनाले मार्चपास गरेर सैन्य अभ्यास सुरु गरिएको भारतीय दूतावासले विज्ञप्तीमार्फत जनाएको छ ।


दुई सातासम्म चल्ने अभ्यासमा भारतीय सेना र नेपाली सेनाका एक-एक इन्फन्ट्री बटालियनले अन्तरसञ्चालन क्षमता अभिवृद्धि गर्न र विद्रोहविरुद्ध मानवीय सहायता तथा विपद् राहत कार्यमा अनुभव आदान-प्रदान गर्ने तालिम लिनेछन् ।

अभ्यासमा भारतीय सेनाको गोर्खा रेजिमेन्टको गोर्खा बटालियनको सहभागिता रहेको छ ।

अभ्यासका क्रममा दुवै सेनाले एकअर्काका हतियार, उपकरण, रणनीति र कार्यविधिको बारेमा परिचित गराउने तथा काउन्टर इन्सर्जेन्सी वातावरणमा विशेष गरी पहाडी भू–भागमा सञ्चालन गर्ने छन् ।


Author

थप समाचार
x