जापानी पहरामा नेपालीले बनाएको बुद्धकाे मूर्तिको राजदूतद्वारा अवलोकन
जापान- जापानको कुमामोतो चट्टानी पहरामा बनेको बुद्धको मूर्तिको जापानका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले अवलोकन गरेका छन् ।
६० फुटको बुद्ध मूर्तिसहित अन्य मूर्ति बनाउने काममा नेपालका मूर्तिकार मञ्जुल मितेरी नेतृत्वको ९ जनाको टिमले उक्त मूर्ति बनाएका छन् । शनिबार कुमामोतो पुगेका राजदूतसहित कुमामोतोकाे प्रान्तमा पर्ने आमाकुशा नगरपालिकाका प्रमुख ताकाओमी होरीय, बुद्ध मूर्ति निर्माण प्रतिष्ठानका अध्यक्ष ओसिमा सिजुकी र राजदूतकी श्रीमती पुनम सुवेदीले अवलोकन गरेका हुन् ।
ठूला र साना गरी ७ वटा मूर्ति बनिसकेको साढे २ वर्ष पछि ति बुद्ध मूर्तिको औपचारिक उद्घाटन हुनेछ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया