नवनियुक्त चिनियाँ राजदूतले भने: चीन-नेपाल मित्रता अमर रहोस्
काठमाडौँ - नेपालका लागि नवनियुक्त राजदूत चेन सोङले हिमाल र नदीले जोडिएको चीन र नेपालबीच चिरकालीन मित्रता अमर रहोस् भन्ने बताएका छन् । सन् १९५५ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै चीन र नेपालले सधैं एकअर्कालाई सम्मान, विश्वास र समर्थन गर्दै आएका उल्लेख गरे ।
साथै राजदूत चेनले सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपालको ऐतिहासिक राजकीय भ्रमण गरेको र दुई राष्ट्र प्रमुखले विकास र समृद्धिका लागि सदा चिरस्थायी मित्रतासहितको सहकार्यको रणनीतिक साझेदारी निर्माण गर्न सहमत भएको समेत स्मरण गरे ।
कार्यभार सम्हाल्न आज नेपाल आएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालय र चिनियाँ दूतावासका प्रतिनिधिले स्वागत गरेका थिए ।
यसअघिका चिनियाँ राजदूत होउ यान्छी कार्यकाल पूरा गरी स्वदेश फर्किएपछि चीन सरकारले उनलाई नयाँ राजदूतका रुपमा नियुक्त गरेको थियो । राजदूत चेन नेपालका लागि चीनका २२आौं राजदूत हुन् ।
It’s been a privilege and a great honor for me to serve as the 22nd Chinese ambassador in Nepal. Arriving in Kathmandu today, I was amazed by its magnificent beauty and unique culture, and impressed by people’s kindness and warmth.(1/3) pic.twitter.com/CkDXsSSDPd
— Ambassador Chen Song (@PRCAmbNepal) January 8, 2023
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया