भारतीय सेनाध्यक्ष नेपाल आउँदै
काठमाडौँ- भारतीय सेनाका स्थल सेना अध्यक्ष मनोज पाण्डे नेपाल आउन लागेका छन् । नेपाली सेनाको निमन्त्रणमा चार दिने भ्रमणका लागि नेपाल आउन लागेका हुन् ।
नेपाली सेनाका प्रवक्ता सहायकरथी कृष्ण भण्डारीका अनुसार आगामी ५ फागुनमा नेपाल आएर ८ फागुनमा स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
भारतीय स्थल सेनाका प्रमुख पाण्डे दोस्रो पटक नेपाल आउन लागेका हुन् । यसअघि गत भदौ १९ गते ५ दिने नेपाल भ्रमणमा आएका थिए । उनले त्यसबेला मानर्थ सेनापतिको पदवी ग्रहण गरी भारत फर्केका थिए । नेपाल र भारतका सेना अध्यक्षहरु एक अर्का देशका मानर्थ सेनापति हुने परम्परा रहदैँ आएको छ । सो पदवी लिन उनी यसअघि नेपाल आएका थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया