भारतीय सचिवको नेपाल भ्रमण
प्रचण्डसँग दुई–दुई पटक वार्ता, दुई दिनमा १४ नेतालाई भेटेर फर्किए क्वात्रा
काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दुई दुई पटक भेटघाट गरेर भारतीय विदेश सचिव विनय मोहन क्वात्रा स्वदेश फर्किएका छन् । परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलको निमन्त्रणमा नेपाल–भारत सचिवस्तरी बैठकमा सहभागी हुन आएका सचिव क्वात्रा मगलबार भारत फिर्ता भएका हुन् । उनले नेपालमा रहँदा प्रधानमन्त्री प्रचण्डसँग दुई दुई पटक भेटघाट गरे ।
पहिलो पटक १ फागुनमा औपचारिक भेटघाट गरेका क्वात्राले २ फागुन साँझ बालुवाटारमा अनौपचारिक भेटघाटगरी स्वदेश फर्केका हुन् ।
नेपाल-भारत सचिवस्तरीय वार्ताका लागि आएका भनिए पनि विदेश सचिव क्वात्राले दुई दिनमा नेपालका १४ जना नेतालाई भेटघाट गरे । अन्तिमा पुनः प्रचण्डसँग भेटघाट गरेको स्रोतले बतायो । बालुवाटारमा मंगलबार साँझ भएको भेटघाटमा के के भयो ? त्यो भने खुल्न सकेको छैन ।
राष्ट्रपति निर्वाचन नजिकएका बेला विदेश सचिव क्वात्राले संघीय संसद्का ठूलादेखि साना दलसम्मका नेताहरूसँग गरेको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । मुख्यतः राष्ट्रपतिको निर्वाचन र सत्तारूढ गठबन्धनका भविष्यका बारेमा उनले चासो व्यक्त गरेको स्रोत बताउँछ ।
सबैजसो राजनीतिक दलका नेतासँग गठबनधनबारे चासो व्यक्त गरेका विदेश सचिव क्वात्राले अन्तिमा प्रधानमन्त्री प्रचण्डसँग ‘अनअफिसियल’ भेटघाट गरेर स्वदेश फर्केका हुन् । न्युज कारखाना
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया