प्रधानमन्त्री प्रचण्ड कतार जाने
फाइल तस्बिर
काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार कतार जाने भएका छन् । अतिकम विकसित राष्ट्रहरूको पाँचौं सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड फागुन १९ गते शुक्रबार कतार जाने परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री प्रचण्ड शुक्रबार कतारको दोहा प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिइन् ।
उनका अनुसार त्यसक्रममा प्रधानमन्त्री प्रचण्डले सम्मेलनलाई सम्बोधन गर्नेछन् । त्यसैगरी सम्मेलनमा सहभागी राष्ट्र प्रमुख र सरकार प्रमुखहरूसँग पनि प्रधानमन्त्री प्रचण्डले दुईपक्षीय भेटवार्ता गर्ने कार्यक्रम तय गरिएको मन्त्रालयले जनाएको छ ।
नेपाली दुतावास र त्यहाँस्थित नेपाली समूदायले आयोजना गर्ने कार्यक्रममा पनि प्रधानमन्त्री दाहाल सहभागी हुने मन्त्रालयले जनाएको छ ।
चार दिनको भ्रमण सम्पन्न गरेर प्रधानमन्त्री दाहाल फागुन २२ गते स्वदेश फर्कनेछन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया