नेपालको अवस्थाप्रति चीन चिन्तित, सहयोग गर्न तयार
बेइजिङ : नेपालमा फैलिएको कोभिड-१९ महामारीविरूद्धको लडाईमा चीनले सक्दो सहयोग गर्ने बताएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वनपिनले शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा नेपालमा महामारीको अवस्था भयावह बन्दै गएकोमा चिन्ता व्यक्त गरेका छन् ।
प्रवक्ता वनपिनले नेपाल चीन मैत्रीपूर्ण छिमेकी तथा रणनीतिक साझेदार भएको र चिनियाँ पक्षले नेपालमा महामारीको गम्भीर अवस्थाको चुनौती महसुस गरेको र यथासक्य सहयोग पुर्याउन तत्पर रहेको उल्लेख गरेका हुन् । चीनले नेपालको कोभिड-१९ महामारीविरूद्धको लडाइँमा नेपाललाई निरन्तर रूपमा सक्दो सहयोग पुर्याउन प्रयास गर्ने पनि बताएका छन्, उनले भने ।
उनले नेपाललाई महामारीविरूद्धका लागि आवश्यक सामग्रीको नयाँ खेप आपूर्ति गराउने बताउँदै ती सामग्रीहरू सङ्कलन गरी चाँडोभन्दा चाँडो नेपाली साथीका लागि पठाउने पनि बताए । उनले यसरी निपोआर फङ्ग्यो अर्थात् नेपाली साथी भनेर नै सम्बोधन गरेका थिए । उनले भने, हामी विश्वास गर्दछौँ कि नेपाल सरकारको नेतृत्व र सबै दलको संयुक्त प्रयासबाट नेपाली जनताले चाँडै नै महामारीलाई जित्न सक्ने छन् र सामान्य जीवनयापन तर्फ छिटै फर्कने छन् ।
चाहे महाभूकम्प होस् या महामारी चीन सदा नेपालप्रति चिन्तित देखिन्छ र नेपाललाई सदा सहयोग गर्न तत्पर छ । आजको सम्मेनलमा प्रवक्ता वनपिनले यसरी नेपाललाई सम्बोधन गर्नु यसैको उदाहरण हो । यो घोषणा र सम्बोधनले फेरि पनि चीन नेपालको सदाबहार छिमेकी मित्र राष्ट्र भएको प्रमाणित हुन्छ । महामारी भए देखि नै नेपाललाई सक्दो सहयोग गर्दै आएको चीनले आठ लाख डोज खोप अनुदान स्वरूप सहयोग गरिसकेको छ ।
प्रवक्ता वनपिनले उक्त पत्रकार सम्मेलनमा हालसालै महामारीलाई परास्त गर्ने सम्बन्धमा चिनियाँ विदेश मन्त्रीले आयोजना गरेको भिडियो सम्मेलनमा नेपाली परराष्ट्र मन्त्रीसँग नेपाललाई महामारीविरूद्ध नयाँ खेपको सामग्री उपलब्ध गराउने विषयमा छलफल भएको पनि उल्लेख गरे । नेपालमा महामारी भयावह बन्दै गएको अवस्थामा चीन यसरी समर्थनमा उभिइनु नेपालको लागि यो एउटा ठूलो सहारा र समर्थन हो ।
यसबाहेक, चिनियाँ मिडियाले पनि पनि नेपाल अर्को भारत बन्ने अवस्थामा रहेको विषयलाई खुबै चासो दिएका छन् र चिन्तित पनि छन् । महामारीको अवस्थामा सगरमाथामा पर्वतारोहण खुला गरिएको विषय होस् या हालै मात्र १७ जना सगरमाथा आरोही सङ्क्रमित देखिएको समाचारलाई पनि मिडियाहरूले विशेष प्राथमिकता दिएका थिए । यसका साथै चिनियाँ स्थानीय सरकार र समाजका सबै क्षेत्रले पनि सक्रिय रूपमा नेपाललाई तत्काल आवश्यक पर्ने स्वास्थ्य आपूर्ति सहयोग गरिरहेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया