कूटनीति

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना र रुसी उपप्रधानमन्त्रीबीच भेटवार्ता

इकागज |
बैशाख ७, २०८० बिहीबार १६:४७ बजे

काठमाडौँ- रुसको औपचारिक भ्रमणमा रहेका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र रुसका उपप्रधानमन्त्री डिएन चेर्नुस्सेन्को बीच मस्कोमा शिष्टाचार भेटवार्ता भएको छ । अध्यक्ष तिमिल्सिना र रुसी उपप्रधानमन्त्री चेर्नुस्सेन्कोका बीचमा भएको भेटमा आपसी समझदारी र लगानीका क्षेत्रहरूका बारेमा छलफल भएको छ ।

उक्त भेटमा अध्यक्ष तिमिल्सिनाले नेपालमा ऊर्जा, पर्यटन, व्यापार क्षेत्रमा लगानी अभिवृद्धि र यातायात क्षेत्रको पूर्वाधार विकासमा सहकार्यका पर्याप्त संभावना रहेको उल्लेख गर्दै नेपालमा राजनैतिक स्थायित्व कायम भई लगानीमैत्री वातावरण बन्दै गएकोले पूर्वाधार र ऊर्जा क्षेत्रमा रुसी लगानी भित्रने विश्वास  व्यक्त गरे । 


अध्यक्ष तिमिल्सिना रुसी महासंघका सहायक परराष्ट्र मन्त्री एवाई रुदेन्कोका बीचमा पनि भेटघाट भएको छ । रुसी महासंघको संघीय सभाको फेडेरेसन काउन्सिलका अध्यक्ष भलेन्टिना मात्भिएन्कोले निमन्त्रणमा नेतृत्वको नेपालको ८ संसदीय प्रतिनिधि मण्डल रुस भ्रमणमा रहेको छ ।

संसदीय प्रतिनिधि मण्डलमा राष्ट्रिय सभाका सदस्यहरू वामदेव गौतम, रमेशजङ्ग रायमाझी, दिलकुमारी रावल थापा पार्वती’, महेशकुमार महरा र शेखरकुमार सिंह रहेका छन् । 


Author

थप समाचार
x