कार्यवाहक राष्ट्रपतिसँग युरोपेली संघका राजदूतको भेट
काठमाडौँ- कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवसँग युरोपेली संघका राजदूत नोना डेप्रेजले शिष्टाचार भेट गरेकी छन् ।
लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा भएको सो भेटमा उपराष्ट्रपति यादवले नेपाल र युरोपेली संघबीच रहेको द्विपक्षीय सम्बन्ध थप मजबुत तथा सौहार्दपूर्ण रूपमा अगाडि बढ्ने विश्वास व्यक्त गरे ।
सो क्रममा राजदूत डेप्रेजले नेपाल र युरोपेली संघबीचको द्विपक्षीय सम्बन्धका विविध आयामबारे जानकारी गराएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया