चिनियाँ दूतावासको टोलीले भेट्यो रास्वपाका पदाधिकारीलाई
काठमाडौँ- नेपालका लागि चिनियाँ दूतावासको टोलीले राष्ट्रिय स्वतन्त्र पार्टीका पदाधिकारीसँग भेटवार्ता गरेको छ । बिहीबार बसुन्धारास्थित रास्वपाको कार्यालयमा पुगेको चिनियाँ दूतावासका डिसिएम वाङ शिन नेतृत्वको टोलीले रास्वपाका पदाधिकारीसँग भेटवार्ता गरेको हो ।
सो भेटमा रास्वपाका उपसभापति डोलप्रसाद अर्याल, सहमहामन्त्री कविन्द्र बुर्लाकोटी, केन्द्रीय सदस्य प्रतिभा रावल लगायतको सहभागिता थियो । सो भेटघाटमा नेपाल र चीनका आपसी चासोका विषयहरूमा छलफल भएको रास्वपाले जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया