विदेशमा बस्ने नेपालीको मताधिकार प्रत्याभूत गर्न प्रतिबद्ध छौं : प्रचण्ड
फाइल तस्बिर
नयाँदिल्ली- प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले विदेशमा बसोबास गर्ने नेपालीलाई मतदान गर्ने अधिकार दिन सरकार प्रतिवद्ध रहेको बताएका छन् ।
चार दिने भारत भ्रमणका क्रममा बुधबार नयाँदिल्लीमा नेपाली दूतावासमा नेपाली समुदायसँगको छलफलका क्रममा विदेशमा रहेकालाई मताधिकारको प्रत्याभूत गर्ने बताएका हुन् ।
भारतमा रहेका नेपाली समुदायलाई स्वदेश फर्केर नेपालको विकासका लागि योगदान दिनसमेत उनको आग्रह थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया