अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु भोलि नेपाल आउँदै
फाइल तस्बिर
काठमाडौँ- दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल आउने भएका छन् । जुलाई १४ मा लु नेपाल भ्रमण आउने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।
विदेश मन्त्री लुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर पत्नी सीता दाहालको निधनमा समवेदना व्यक्त गर्ने कार्यक्रम रहेको दूतावासले जनाएको छ ।
दूतावासका अनुसार जुलाई १४ मा उनले नेपाल सरकारका नेतृत्वकर्ताहरूसँग शिष्टाचार भेट गर्ने र दूतावासका कर्मचारीहरूलाई पनि भेट्ने कार्यक्रम तय भएको छ ।
उनले अमेरिकन चेम्बर अफ कमर्सको एक सदस्य संस्थासँग भेटघाट गर्ने र नेपालीहरूलाई विश्वव्यापी रूपमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने दिशामा अनुपम सिप प्रदान गर्न उनीहरूले गरेका प्रयासका बारेमा पनि बुझ्ने दूतावासले जनाएको छ ।
लू एमसीसी संसद्बाट पारित गर्ने क्रममा पनि नेपाल आएका थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया