कूटनीति

प्रधानमन्त्री दाहाल र संयुक्त राष्ट्रसंघका महासचिवबीच भेटवार्ता

इकागज |
साउन ८, २०८० सोमबार २०:२० बजे

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसबीच भेटवार्ता भएको छ । 

संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि सङ्गठनको मुख्यालय इटालीको रोममा जारी संयुक्त राष्ट्रसंघीय खाद्य प्रणाली २०२३ सम्मेलनका क्रममा उनीहरूबीच भेटवार्ता भएको हो ।


सो सम्मेलनमा सम्बोधनपछि प्रधानमन्त्री दाहालसँग राष्ट्रसंघीय खाद्य तथा कृषि सङ्गठनको मुख्यालयमा स्थानीय समयअनुसार आज दिउँसो साढे १ बजे महासचिव गुटेरसको भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सो अवसरमा पर्यावरण, खाद्य सुरक्षा र नेपाल र संयुक्त राष्ट्रसंघबीचको सम्बन्धलाई अझ मजबुत बनाउनेबारे छलफल भएको बताइएको छ । प्रधानमन्त्री दाहाल यही शनिबार त्यसतर्फ प्रस्थान गरेका हुन् । उनको साथमा कृषि तथा पशुपन्क्षी विकासमन्त्री डा बेदुराम भुसाललगायत छन् ।


Author

थप समाचार
x