राष्ट्रपति पौडेलसँग युरोपेली संघका राजदूतको शिष्टाचार भेट
काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि युरोपेली संघकी राजदूत नोना डेप्रेजले शिष्टाचार बिदाई भेट गरेकी छिन् ।
आज राष्ट्रपति भवन शीतल निवासमा भएको सो भेटमा नेपाल र युरोपेली संघबीच रहि आएको सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
त्यस अवसरमा राष्ट्रपति पौडेलले युरोपेली संघले नेपालको विकास साझेदारका रूपमा पुर्याएको सहयोगका लागि धन्यवाद दिनुभएको सो विज्ञप्तिमा जनाइएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया