नेपाल—भारत सम्बन्ध थप उचाईमा पुर्याउनेछौँः राजदुत श्रीवास्तव
फाइल फोटो
काठमाडौँ - नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवले नेपालसँगको भारतको सम्बन्धलाई हिमालय झैँ उचाइमा पुर्याउने काम गरिरहेको बताएका छन् ।
बुधबार नेपाल—भारतमैत्री समाजको काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले नेपाल र भारतबीचको सम्बन्ध सदियौँदेखि चलिरहेको र अझै सम्बन्ध बिस्तार गर्दै जान भारत अघि बढिरहेको बताए । उनले केही समयअघि मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणमा जाँदा पनि भारत र नेपालबीचको सम्बन्ध बढाउन नै बढी जोड दिएको बताए । उनले दुई देश बीचको सम्बन्ध विस्तारले अर्थ व्यवस्था र व्यापार व्यवसायलाई बढाउँदै लैजानुपर्ने बताए ।
उनले भने, ‘हामीबीचको मित्रताको सम्बन्ध सदियौँदेखि चलिरहेको छ । दुई देशबीचका जनताको महत्वपूर्ण सम्बन्ध सांस्कृतिक आधारमा बनेको छ । हाम्रो प्रयास यो सम्बन्धलाई हामी अगाडि झनै राम्रो बनाउनेछौं । दुई महिना पहिला मात्रै नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण भएको थियो । दुवै देशको सम्बन्ध थप बिस्तार गर्न प्रयास गरेका थियौँ । हामीले सो बेलामा सम्बन्धलाई थप मजबुत बनाउने काम गरेका छौं । दुई देशबीचको सम्बन्ध अब झनै सुपरहिट हुनेछ भनेर प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभएको थियो । नेपालबाट भारत जाने नदीलाई इनल्याण्ड वाटरबेसको प्रयोग गर्नुपर्छ । साथै दुवै देशको बीचमा अर्थ व्यवस्थाको कुरा र व्यापारको कुरा अघि बढ्नेछ । हामीले नयाँ तेलको पाइपलाइनको कुरा हामीले अघि बढाएका छौँ । भारत र नेपालको सम्बन्धलाई हिमालय झैँ उचाईमा पुर्याउन हामी लागेका छौँ ।’
उनले भारत अबको ५ वर्षमा विश्वको तेस्रो ठूलो अर्थ व्यवस्था भएको मुलुक बन्ने दाबी गरे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया