कूटनीति

अमेरिकी सिनेटर होलेनले काठमाडौँमा क-कसलाई भेट्दैछन् ?

इकागज |
भदौ १५, २०८० शुक्रबार १५:१४ बजे

काठमाडौँ- अमेरिकी सिनेट सदस्य क्रिस भान होलेन नेपाल आइपुगेका छन् । अमेरिकी सिनेटको परराष्ट्र सम्बन्ध समिति र राज्य तथा वैदेशिक कार्य-सञ्चालनसम्बन्धी विनियोजन उपसमितिका सदस्य सिनेटर होलेन काठमाडौँ आइपुगेको नेपालस्थित अमेरिकी राजदूतावासले जनाएको छ ।

उनले अमेरिका र नेपालबीचको राजनीतिक र व्यावसायिक सम्बन्धलाई थप मजबुत बनाउन सरकारी अधिकारीहरू, युवा नेताहरू, सांसदहरू र उद्यमीहरूसँग भेटघाट गर्ने छन् । होलेनले नेपालको स्वास्थ्य र पूर्वाधारका क्षेत्रमा अमेरिकी सहयोगमाथि प्रकाश पार्ने दूतावासले प्रस्ट पारेको छ ।  


‘नेपालमा स्वागत गर्न पाउँदा हामी हर्षित छौं!’ दूतावासले भनेको छ ।

 

 


Author

थप समाचार
x